
काठमाडौं । मोडल तथा एक्ट्रेस गरिमा शर्मा अहिलेकी ब्यस्त अभिनेत्री हुन् । उनको पछिल्लो फिल्म ‘जन्ते बाख्रो’ प्रदर्शन भैरहेको छ । फिल्ममा उनले एक ग्रामीण युवतीको भूमिका निर्वाह गरेकी छन् ।
योग्य वधु र वर पाउन पात्रले गर्ने संघर्षको कथावस्तुमा यो फिल्म बनेको छ । रिल लाइफमा पनि गरिमालाई चाहने र रुचाउने धेरै छन् । क्युट लुक्स मात्र होइन, उनको मिजासिलो स्वभाव धेरैलाई लागि प्रिय लाग्छ ।
गरिमाले आफू अहिलेसम्म सिंगल रहेको र धेरैजनाबाट प्रेम प्रस्ताव आउने गरेको बताउँछिन् । यसक्रममा उनले योग्य ‘लाइफ पार्टनर’मा हुनुपर्ने गुणको पनि चर्चा गरिन् ।
परिवारलाई माया गर्ने, आमालाई माया गर्ने युवक विवाहको लागि योग्य रहेको उनको भनाइ छ । ‘त्यसो भयो भने उसले उसको परिवारलाई पनि माया गर्छ र मेरो परिवारलाई पनि माया गर्छ’ उनले भनेकी छन् ।
गाउँ, परिवारमा राम्रो छवि बनाएको, सबैलाई सहयोग गर्ने ‘जन्ते बाख्रो’ फिल्मको कमलजस्तै पात्र आफूलाई आवश्यक भएको उनको भनाइ छ । यो फिल्ममा सौगात मल्लले कमलको रोल निर्वाह गरेका छन् ।
‘यस्तो केटा कसलाई चाहिँदैन र ? मलाई कमलजस्तै केटा चाहियो । सबैजनाले पाए । अब गरिमाले पाउन बाँकी छ’ उनले भनिन् । राम्री केटीलाई धेरैले ब्वायफ्रेन्ड होला भनेर प्रस्ताव नराख्ने गरेको अनुभव उनको छ ।
‘राम्रो भयो भने अप्रोच नै आउने रहेन्छ । त्यसकारण म अहिलेसम्म सिंगल छु’ भन्छिन्, ‘फकाउन आउने मलाई खासै मनपर्दैन । मलाई मनपर्ने ऊ फकिँदैन । मलाई फकाउन आउँदैन । अलिकति ब्यालेन्स मिलिरहेको छैन ।